प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी

काठमाडौं । भदौ ३१ , अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी भएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान साढे ११ बजेका लागि फोनवार्ता गर्ने गरी तयारी गरिएको छ ।
मंगलबार नै वार्ता हुने तयारी भएको भए पनि अन्तिम समयमा उनीहरूको वार्ता सरेको हो ।
‘भोलि हाम्रोमा शोक बिदा दिइएको छ । शायद पर्सि बिहान साढे ११ बजे उहाँहरूबीच फोनवार्ता हुनेछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
गत भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनको बलमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिइसकेका छन् । मोदीले गत शनिबार मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महिला सशक्तीकरणको उदाहरण भएको समेत बताएका थिए ।