मन्त्रीत्रय रामेश्वर, कुलमान र ओमप्रकाशद्वरा क्षतिग्रस्त संसद् भवन अवलोकन

सहयात्रा टिभी

काठमाडौं । असोज १ , मन्त्रीत्रय रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आगजनीबाट क्षतिग्रस्त संघीय संसद्को भवन अवलोकन गरेका छन् ।

गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो । आगजनीबाट संसद्‍ भवन ध्वस्त भएको थियो ।

उक्त क्षतिग्रस्त भवनको अवलोकनमा मन्त्रीत्रय खनाल, घिसिङ र अर्याल पुगेका हुन् ।

खनाल अर्थमन्त्री हुन् भने अर्याल गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुन् । घिसिङ सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 17 September, 2025

प्रतिक्रिया दिनुहोस्