गायिका तथा मोडल सीता सुवेदीको निधन

सहयात्रा टिभी

काठमाडौं । असोज ७, एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन भएको छ । तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको हो।

चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो छुट्टै परिचय बनाएकी थिइन् । उनले १२ वर्षको उमेरमा बोनम्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन् । उनकी एक छोरी छिन् । अन्त्येष्टिका लागि परिवार चितवनबाट काठमाडौँ आउँदैछन् ।

प्रकाशित : 23 September, 2025

प्रतिक्रिया दिनुहोस्