अनावश्यक खर्च हटाउन भत्ता कटौती गर्नका लागि अर्थमन्त्रालयको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । असोज ८, सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहत समेतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा यी निर्णयहरू गरेको अर्थमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यी निर्णय कार्यान्वयन गर्न नेपाल सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरेको छ । खर्च मितव्ययितामा कायम गर्न सरकारले भत्तामा व्यापक कटौती गरेको छ ।

प्रकाशित : 24 September, 2025

प्रतिक्रिया दिनुहोस्