राजनीतिक पहुँचका आधारमा रोकिएका सबै फाइल खोल्ने : गृहमन्त्री अर्याल

सहयात्रा टिभी

काठमाडौं । असोज १०, गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक पहुँचका आधारमा रोकिएका सबै फाइल खोल्ने बताउनुभएको छ ।

आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारसँग बोल्दै उहाँले राजनीतिक कनेक्शनका आधारमा रोकिएका अनुसन्धानको ब्रेक थ्रु हुने बताउनुभयो ।

गृहमन्त्री अर्यालले राजनीतिक पहुँचका भरमा सुशासनमा भइरहेको अवरोध खुल्नेसमेत दाबी गर्नुभयो । उहाँले विगतमा कतिपय अपराध अनुसन्धानमा, कतिपय वित्तीय अपराध अनुसन्धानमा, भ्रष्टाचारका विषयवस्तुमा भइरहेको अवरोध अब फुकाउनुपर्ने र त्यसै अनुसार निर्देशन दिएको बताउनुभयो ।

अनुसन्धान गर्ने निकायले आफ्नो व्यावसायिकता प्रदर्शन गरेर कामलाई अगाडि बढाउनुपर्ने र रोकिएका कुनै विषयवस्तु छन् भन्ने त्यसलाई तुरुन्त अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

 

प्रकाशित : 26 September, 2025

प्रतिक्रिया दिनुहोस्