इजरायलली सेनाले यमनमा अहिलेसम्मकै ठूलो आक्रमण गरेको दाबी

काठमाडौं । असोज १०, इजरायली सेनाले आफ्नो वायुसेनाले यमनमा ‘अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको दाबी गरेको छ ।
हुथी विद्रोहीहरूले बारम्बार गर्ने ड्रोन र क्षेप्यास्त्र आक्रमणको जवाफमा यो आक्रमण गरेको इजरायली सेनाले बताएको बीबीसीले जनाएको छ ।
इजरायली रक्षा बल (आईडीएफ) ले यमनको राजधानी सानामा दर्जनौं विमानहरूले हुथी सुरक्षा तथा गुप्तचर सेवा र सेनासँग सम्बन्धित पूर्वाधारहरूमा बमबारी गरेको बताएको छ ।
हुथी विद्रोही सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो आक्रमणलाई इजरायलद्वारा गरिएको ‘क्रूर अपराध’ को रूपमा वर्णन गरेको छ । इजरायली सेनाले आवासीय भवनहरूलाई लक्षित गर्दै गरेको आक्रमणमा आठ जनाको ज्यान गएको मन्त्रालयले छ ।
इजरायली रेड सी रिसोर्ट इलातमा हुथी विद्रोहीहरूले गरेको ड्रोन आक्रमणमा २२ जना घाइते भएको एक दिनपछि इजरायली सेनाले आक्रमण गरेको खबरमा उल्लेख छ ।