आफ्ना सेना भड्काएपछि अमेरिकाले कोलम्बियाका राष्ट्रपति पेत्रोको भिसा रद्द गर्ने तयारी

काठमाडौं । असोज ११, अमेरिकाले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोको भिसा रद्द गर्ने भएको छ। कोलम्बियाका राष्ट्रपति पेत्रोले न्यूयोर्क सडकमा उभिएर अमेरिकी सैनिकहरूलाई आदेश नमान्न उक्साएको र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपसहित अमेरिकी विदेश मन्त्रालयले यस्तो निर्णय लिएको हो।
शुक्रबार न्यूयोर्कमा दिइएको अभिव्यक्तिपछि, अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति पेत्रोका लापरवाही र उत्तेजनात्मक गतिविधिका कारण उनको भिसा रद्द गरिने जनाएको छ । मन्त्रालयका अनुसार पेत्रोले सार्वजनिक कार्यक्रममा अमेरिकी सैनिकहरूलाई आफ्ना उच्च अधिकारीको आदेश नमान्न उक्साउनेजस्ता अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति लगतै अमेरिकाले यस्तो निर्णय लिएकाे हाे ।