अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असोज १३ , बुटवलबाट गुल्मीको पुर्कोट दहतर्फ जाँदै गरेको मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लु १ ज ४७२३ न को फोर्स गाडी अर्घाखाँची सन्धिखर्क नगरपालिका -९ अर्घा टारीमा राति दुई बजे दुर्घटना भएको थियो । सालझण्डी -सन्धिखर्क-ढोरपाटन सडक खण्डमा भएको दुर्घटनामा २ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र २० जनाभन्दा धेरै घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। ती तीनको अवस्था गम्भीर रहेको छ । अरू सामान्य घाइते छन् ।

दुर्घटनामा घाइते हुने यात्रुहरूलाई स्थानीय र नेपाल प्रहरीको सहयोगमा उपचारका लागि अर्घाखाँची अस्पताल लगिएको छ । मृतकको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार गाडी टारीको उकालो घुम्तीबाट २० मिटर तल खसेको छ । सन्धिखर्कबाट सञ्चालित लङ्का यातायात प्रा। ली। को गाडीमा प्रहरीका अनुसार गाडीमा २५ जना यात्रु थिए ।

 

प्रकाशित : 29 September, 2025

प्रतिक्रिया दिनुहोस्