टोखामा एक युवकको हत्या आरोपमा २ जना पक्राउ

काठमाडौं । असोज २४, टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ ।
चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।
उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको थियो ।
पक्राउ परेकाहरुमाथि प्रहरी हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ ।