कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, जेनजी आक्रमणपछि पहिलो पटक सार्वजनिक हुँदै देउवा

सहयात्रा टिभी

काठमाडौं । असोज २८, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रमणमा परी घाइते भएको ३४ दिनपछि आज पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्। उनी दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकमार्फत सार्वजनिक हुन लागेका हुन्।

‘जेनजी आन्दोलन’का क्रममा प्रदर्शनकारीबाट कुटिएर गम्भीर घाइते भएपछि देउवा सार्वजनिक जीवनबाट टाढा थिए। सो आक्रमणमा उनको बुढानीलकण्ठस्थित निवासमा आगजनी समेत गरिएको थियो भने उनकी पत्नी आरजु राणा पनि घाइते भएकी थिइन्। घटनापछि देउवा दम्पती आफन्तकोमा बस्दै आएका छन्।

आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरू काठमाडौं आइपुगेका छन्। लामो समयपछिको उनको सार्वजनिक उपस्थितिलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। बैठकमा देउवाले समसामयिक राजनीति र पार्टीको आगामी दिशाबारे सम्बोधन गर्ने अनुमान गरिएको छ।

प्रकाशित : 14 October, 2025

प्रतिक्रिया दिनुहोस्