माओवादी केन्द्रका नेता गणेश साहले राजनीतिबाट लिए अवकाश

सहयात्रा टिभी

काठमाडौं । असोज ३० , नेकपा माओवादी केन्द्रका नेता गणेश साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेकाले ‘राजनीतिबाट अवकाश’ लिएको बताए ।

योसँगै माओवादी केन्द्र समेत छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’

साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए । पूर्व विज्ञानमन्त्री समेत रहेका उनी एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका थिए ।

अब कुनै पनि पार्टीमा नलाग्ने उनले पटक–पटक दोहोर्‍याए । जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै राजनीतिबाटै अवकाश लिएको उनले बताए ।

प्रकाशित : 16 October, 2025

प्रतिक्रिया दिनुहोस्