राष्ट्रपति पौडेलले गरे गाई पूजा

काठमाडौं । कात्तिक ५, राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् ।
कात्तिक कृष्णऔंसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।
राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।