सिफारिस भएका चारमध्ये दुई मन्त्रीको हुने भयो शपथ

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ९, नयाँ मन्त्रीका लागि सिफारिस भएका चारजना मन्त्रीमध्ये दुई जनाको मात्रै शपथ हुने भएको छ ।

उच्च स्रोतले बताए अनुसार, सिफारिस भएका चारमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ आज नहुने भएको हो । बब्लु गुप्ता र सुधा शर्मा गौतमको भने शपथ हुने भएको हो ।

सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।

सुनारको नाममा चौतर्फी विवाद भएपछि प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरेकी थिइन् । छलफलपछि सुनारसहित श्रेष्ठको पनि शपथ रोकिएको हो ।

राष्ट्रपति कार्यालयले अहिले दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको छ । तर, सिफारिस भएका मन्त्रीको नाममा विवाद भएको थियो ।

 

प्रकाशित : 26 October, 2025

प्रतिक्रिया दिनुहोस्