कसैले चुनाव भाँड्ने प्रयास नगर्नुहोस् : स्वास्थ्य मन्त्री सुधा शर्मा
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १०, नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् ।

सोमबार काठमाडौंको ट्रमा सेन्टर, शिक्षण अस्पताल र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटपछि मन्त्री गौतमले निर्वाचनको वातावरण बनाउन आग्रह गरेकी हुन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भीर अवस्था देखिएपछि गहभरी आँसु बनाउँदै मन्त्री गौतमले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरूको ध्यानाकर्षण गराएकी हुन् ।
मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको बताइन् । उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताइन् ।


