सेनाले गर्‍यो हिमपातमा फसेका १५०० जनाको उद्धार

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सैनिक मुख्यालयले बताएको छ ।

मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा लगिएको सेनाले बताएको छ ।

प्रकाशित : 29 October, 2025

प्रतिक्रिया दिनुहोस्