एसईई २०८३ का लागि आजदेखि आवेदन खुला

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १९, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला गरेको छ ।

बोर्डले आज सूचना प्रकाशित गर्दै नियमित परीक्षामा समावेश हुनका लागि आजदेखि आउँदो मङ्सिर २४ गतेभित्र रजिष्ट्रेशन फारम भर्न सकिने जनाएको छ ।

शैक्षिक सत्र २०८२ मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृतिरवेदविद्याश्रमरगुरुकुलरमदर्सारगोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीका लागि एसईईमा समावेश हुनका लागि रजिष्ट्रेशन खुला गरेको हो ।

बोर्डले सम्बन्धित सबै विद्यार्थी, विद्यालय, पालिकाका शिक्षा महाशाखारशाखा, शिक्षा विकास तथा समन्वय इकाई तथा शिक्षा विकास निर्देशनालयहरुलाई फारम भर्नेरभराउने सम्बन्धी जानकारी गराएको छ ।

 

प्रकाशित : 5 November, 2025

प्रतिक्रिया दिनुहोस्