बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २०, बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ । थलारा गाउँपालिकाकाे भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जाेराले थलारा–२ का अन्दाजी ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको बताए।
उनका अनुसार ट्रयाक्टर चालक कैलालीकाे गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । चाैधरीकाे जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।


