एक महिनादेखि सञ्चालन भएको आदिनाथ मेला सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २०, काठमाडौंको चोभारस्थित आदिनाथ मन्दिरमा एक महिनादेखि सञ्चालन भएको आदिनाथ मेला सम्पन्न भएको छ ।

२१ असोजदेखि चोभारस्थित आदिनाथ मन्दिरमा एक महिने आदिनाथ मेला लागेको थियो । आदिनाथ मेला कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना चल्ने गर्दछ ।

मन्दिरमा राखिएको शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति (अर्धनारेश्वर आदिनाथ) को पूजा आराधना गर्नेहरूको घुइँचो लाग्ने गर्दछ ।

मेलामा सहभागी भएमा भय, रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास छ ।

आदिनाथलाई हिन्दु र बौद्ध अनुयायीले साझा रूपमा पूजा गर्ने गर्दछन् ।

लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्त्वको छ ।

बौद्धमार्गीले लोकेश्वरका रूपमा पूजा गर्ने मन्दिरमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्ध धर्मावलम्वीहरूको विश्वास छ ।

 

 

 

प्रकाशित : 6 November, 2025

प्रतिक्रिया दिनुहोस्