त्रिवेणी सिन्थेटिकले पहिलो किस्ता बुझाएपछि जोडियो बिजुली

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २१, बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको लाइन जोडिदिएको छ । बक्यौताको पहिलो किस्ताको रकम तिरेपछि विहीबार साँझ बिजुलीको लाइन जोडिदिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

बक्यौता रकम नतिरेको भन्दै ४ कात्तिकमा सो उद्योगमा बिजुलीको लाइन काटिएको थियो । त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे त्रिवेणी सिन्थेटिकले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले बताए ।

प्रकाशित : 7 November, 2025

प्रतिक्रिया दिनुहोस्