चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक आजदेखि शुरू
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनमा शुरू भएको छ ।

चितवनको सौराहामा आजदेखि शुरू भएको बैठकमा पाँच सय जनाभन्दा धेरै प्रतिनिधिको सहभागिता छ ।
बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आउँदो चुनावका लागि प्रतिबद्धतापत्रको मस्यौदा पेश गर्नुहुनेछ । साथै प्रदेश सभापतिले प्रदेशभित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे जानकारी गराउने भएका छन् ।
बैठकमा पेश हुने प्रतिवेदनमाथि प्रतिनिधिले सुझाव राख्ने र ती सुझावलाई समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठकले पारित गर्नेछ ।


