चुनावमा अन्य दलसँग गठबन्धन गर्न सक्ने रास्वपाको प्रस्ताव
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २१, पुराना राजनीतिक दलहरूका गठबन्धनहरूमाथि आलोचनात्मक दृष्टिकोण राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी आफैंले भने आगामी चुनावका लागि अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेको छ ।

सौराहामा आयोजित पार्टीको विस्तारित बैठकमा कार्यवहाक सभापति डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धन गर्न सक्ने प्रस्ताव ल्याएका हुन् ।
यस्तो गठबन्धन रास्वपाको मौलिक पहिचान गुम्नेगरी चाहिँ बनाउने नहुने उनको अवधारणा छ । प्रतिस्पर्धी दलहरूको आलोचना मात्र नगरी, आफ्ना नीति, कार्यक्रम र दृष्टिकोणलाई सकारात्मक तरिकाले प्रस्तुत गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।
आउँदो चुनाव प्रतिगामी र अग्रगामीबीचको निर्णायक संघर्ष रहेकाले चुनावी तयारी र परिणाममा कुनै पनि कोणबाट कमजोर हुने छुट आफूहरूलाई नरहेको उनले उल्लेख गरेका छन् ।


