कार्की नेतृत्वको वर्तमान सरकार प्रतिगामी भएको ओलीको आरोप

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २१, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी सरकार भएको आरोप लगाएका छन् ।

एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित केपी ओलीसँग अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्की संविधान मिचेर प्रधानमन्त्री बनेको आरोप लगाए ।

कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री नचुनिने तर्क गरे । ‘शासनमा डिस्कर्डबाट पुगेको अरे, दुनियाँको कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री बन्छन् ?,’ उनले थपे, ‘डिस्कर्डबाट भोटिङ पनि गरेको अरे, २र३ हजार केटाकेटीहरू डिस्कर्डमा जम्मा भए अनि भोटिङ पनि गरेको रे !’

ओलीले थपे, ‘कसले गन्यो त्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पार्‍यो अमेरिकामा जस्तो ? के गर्‍यो ? त्यस्ता हावाको भरमा बनेको हाहुको सरकार ।’

उनले ज्ञानेन्द्रको शासनविरुद्ध संघर्ष गरेर आएको एमाले अहिलेको २ दिने अराजकतासँग नझुक्ने टिप्पणी गरे ।राजतन्त्रकालीन प्रतिगमन देखिने भए पनि अहिलेका प्रतिगमनकारी अदृश्य रहने उनले तर्क गरे ।

अदृश्य रहने, कमजोर, कुनै ग्राउन्ड नभएका, इतिहास न परम्पराको टेको, न जनसमर्थनको आधार केही पनि नभएका’ उनले भने, ‘हाहुमा आगो लगाएको भरमा, लुटेको भरमा तोडफोड गरेको भरमा, अराजकता आतंक मच्चाएको भरमा आतंकारी अभ्यास गरेको भरमा बनेको सरकार ।’

 

 

प्रकाशित : 7 November, 2025

प्रतिक्रिया दिनुहोस्