हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २३ , हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३० रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा १२९ रन बनाएको हो ।

उसका लागि निलांश केसवानीले १० बलमा अर्धशतक बनाए । उनले १५ बल खेल्दा १० छक्का र तीन चौका हिकाउँदै ७३ रन बनाए । नेपालका लागि राशिद खानले दुई विकेट हात पार्दा, लोकेश बम र रुपेश सिंहले एकएक विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।


