नेकपा एकीकृत समाजवादीमा संयोजक तोकिए घनश्याम भुसाल

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २३ , एकता विवादका कारण विभाजित नेकपा एकीकृत समाजवादीको पुनर्गठन पक्षधरले पार्टी संयोजकमा घनश्याम भुसाललाई तोकेको छ । विभाजनपूर्व उनी पार्टी महासचिव थिए ।


शनिबार राति ६७ जना केन्द्रीय सदस्यको भर्चुवल (जुम) मिटिङले उनलाई संयोजक तोकेको बैठकमा सहभागी केन्द्रीय सदस्य अमृतसागर बस्नेतले बताए । पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने, यद्यपि कानूनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय मिटिङले गरेको छ ।

विशेष महाधिवेशनअघि मंसिरमै राष्ट्रिय भेला आयोजना गरिने भएको छ । त्यसको मिति आजभोलिमै तोकिने बस्नेतले बताए । कतिपय नेता–कार्यकर्तामा रहेको अन्यौलता चिर्न सबैले पहल गर्ने जुम मिटिङले निर्णय गरेको उनले बताए ।

प्रकाशित : 9 November, 2025

प्रतिक्रिया दिनुहोस्