कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २४ , राष्ट्रिय परीक्षा बोर्डले आइतबार कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार कुल १ लाख ४ हजार २६ जना परीक्षार्थीमध्ये ७६ हजार ३ सय ६७ जना अर्थात् ७३.४१ प्रतिशतले ग्रेड प्राप्त गरेका छन्। गत असोज ७ र ८ गते सञ्चालन गरिएको उक्त परीक्षामा चारजनाको परीक्षाफल रद्द गरिएको छ।

यसैगरी, नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि आवेदन दिन सक्नेछन्। प्रति विषय १ हजार रुपैयाँ दस्तुर बुझाई, नतिजा प्रकाशित भएको मितिले १० दिनभित्र राष्ट्रिय परीक्षा बोर्डमा अनलाइनमार्फत आवेदन दिन सकिने बोर्डले जनाएको छ।

प्रकाशित : 10 November, 2025

प्रतिक्रिया दिनुहोस्