देशभरको मौसम सफा रहने पूर्वानुमान

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २६ , जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ । हाल कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको विभागका मौसमविहरुको भनाइ छ ।

विभागका अनुसार आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित : 12 November, 2025

प्रतिक्रिया दिनुहोस्