टीयू मैदान वरपर भिडभाड नगर्न प्रहरीको अनुरोध
सहयात्रा टिभी
काठमाडौं । मंसिर १ , कीर्तिपुरस्थित टीयु क्रिकेट मैदान क्षेत्र वरिपर भिडभाड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले एक सूचना जारी गर्दै एनपीएल दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले टिकट नभएकाहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न र खेल स्थलको बाहिर भिडभाड नगर्न अनुरोध गरेको हो ।
दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ । पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो ४ बजेबाट सुरू हुनेछ ।


