आजदेखि सर्वोच्च अदालत नियमित रूपमा सञ्चालन गर्ने निर्णय
सहयात्रा टिभी
काठमाडौं । मंसिर १ , सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । गएको भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्रूपमा सञ्चालन भएको हो ।

सर्वोच्च अदालतको गएको कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अवरुद्ध भएका सेवा शुरू हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्याइ पाऔँको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवम् सुनुवाइ आजदेखि शुरू भएको सर्वोच्च अदालतले जनाएको छ ।


