२०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
सहयात्रा टिभी
काठमाडौं । मंसिर २ , आज २०८२ साल मंसिर २ गते मंगलबार। मंसिर कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ । आफ्ना मान्छेको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्य लाभ गर्ने दिन छ । राज्यको तर्फबाट भय हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।
वृष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्नु राम्रो हुनेछ । परोपकार गर्ने क्रममा राज्यले तपाईंमाथि शंका गर्ने खतरा छ । परिवारसँगै बसेर रमाउने दिन छ ।
मिथुन : तपाईंको मनमा शान्ति मिल्नेछ । वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर मन शान्त पार्न सकिने छ । परिवारको व्यवस्थापन हुन नसक्दा खटपटी बढ्न सक्छ ।
कर्कट : दिन सामान्य राम्रो छ । खराब बोलीले साथी टाढा हुनेछन् । लगानीको तर्फबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । शनिको प्रभावले हरेक कुरामा अवरोध हुनसक्छ । बिहान गणेशको पूजा गरेमा दिन सहज बन्नेछ ।
सिंह : दिन राम्रो छ । लगानीका क्षेत्रमा उत्साह बढ्नेछ । परिवारमा भने खटपटी हुने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । निजी क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । रोगबाट मुक्त हुने दिन छ ।
कन्या : दिन राम्रो छ । देशको भन्दा विदेशको रमझमले मन तान्नेछ । लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ ।
तुला : दिन सामान्य छ । तपाईंका आफन्त टाढिने जोखिम छ । बोल्दा सचेत बन्नु राम्रो हुनेछ । बन्धुसँगको सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा थप मिहिनेत आवश्यक पर्नेछ । स्वास्थ्यमा सुधार हुनेछ।
वृश्चिक : दिन सहज छ । आफन्तले साथ दिनेछन् । आम्दानीको स्रोत बलियो बन्ने छ । परिवारमा भित्र भने सानो कुराले झन्झट आइपर्ने जोखिम छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।
धनु : दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । परोपकार गर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ । परिवारको साथमा दिन बित्नेछ ।
मकर : दिन राम्रो छ । खर्च कटौती गर्नुपर्ने दिन छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक आदेश पालना गर्दा सचेत बन्नुपर्ने दिन छ । व्यापारको सुरुवात गरेको भए प्रगति हुनेछ । परिवारको साथ मिल्नेछ ।
कुम्भ : शुभ ग्रहको बहुमत छ । सोचेका काम बन्नेछन् । बिहान शिवको दर्शन गर्नाले दिन सहज बन्नेछ । तपाईंको काममा साथीको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ ।
मीन : साथी भाइबाट असहयोग हुनसक्छ । थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ । प्राविधिको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ ।


