२०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सहयात्रा टिभी
काठमाडौं । मंसिर ५ , आज २०८२ साल मंसिर ५ गते बुधबार। मंसिर शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २१ तारिख। विश्व टेलिभिजन दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ । तपाईंको बोलीकै कारण साथी टाढा हुनसक्छन् । माया मारेको सम्पत्ति हात लाग्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।
वृष : दिन राम्रो छ । वैदेशिक क्षेत्रको रमझमले आकर्षित गर्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ । धनको घमण्डले साथीभाइ टाढा हुनेछन् । व्यापारमा गरेको सहयात्राले फाइदा हुनेछ । राजनीतिक संगठनमा राम्रो काम गर्ने अवसर मिल्नेछ ।
मिथुन : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्ने । तपाईंका सहयोगीले साथ नदिँदा मन दुःखी हुनेछ । स्वास्थ्यले साथ दिने योग छ । राजनीतिक संगठनमा अल्पमतमा पर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।
कर्कट : दिन राम्रो छ । मनमा शान्ति मिल्नेछ । ठूलो कामको सुरुवात गरेको भए नाफा हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा भन्दा स्वदेशमा आम्दानीका विकल्प प्राप्त हुनेछ ।
सिंह : दिन सामान्य छ । तपाईंको योजना सफल बन्नेछ । दीर्घकालीन योजना बनाउन सकिन्छ । परोपकारमा मन जानेछ । कृषि क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम रहेको छ ।
कन्या : दिन राम्रो छ । सहकर्मीलाई भड्काएर आफूमात्र फाइदा लिने दिन छ । आज साथीसँग सचेत बन्नु राम्रो हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारमा सुख र शान्ति मिल्नेछ।
तुला : दिन राम्रो छ । कला र गलाको प्रदर्शन गर्ने दिन छ । लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नुुपर्नेछ । राजनीतिक संंगठनमा बढुवा हुनेछ ।
वृश्चिक : दिन राम्रो छ । अग्रजको निर्देशनले मनमा उत्साह बढ्नेछ । राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ । परिवारले साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
धनु : दिन सामान्य छ । साना कुराले मनमा झन्झट आइपर्न सक्छ । साथीसँग तर्क नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्र सबल छन् । औषधीमा नियमितता नहुँदा रोगले सताउने जोखिम छ ।
मकर : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ । बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारभित्र धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ ।
कुम्भ : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले साथीभाइ र आफन्तको साथ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा मनमुटाव हुनसक्छ ।
मीन : दिन सामान्य छ । साथी भाइसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा नाफा हुनेछ ।


