कांग्रेसले गरे निर्वाचन आयोगमा दल दर्ता
सहयात्रा टिभी
काठमाडौं । मंसिर ७, नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि प्रक्रिया पूरा गरिएको उनले बताए । कांग्रेसले हिजोमात्रै आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ भने प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा तय भएको छ ।


