प्रधानमन्त्री कार्कीलाई भेट्न गएका जेनजीलाई भेट्न नदिएपछि लफडा

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई जागिर खुवाएको विषय सार्वजनिक भएपछि केही जेनजी युवाहरु प्रधानमन्त्रीलाई भेट्न भन्दै सोमबार सिंहदरबार पुगे ।

 

बिहान ११ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै अलग कोठामा कुराइयो ।

त्यसपछि प्रधानमन्त्रीको सचिवालयका कर्मचारीले प्रधानमन्त्रीसँग भेट्नुअघि हामी अलग्गै कुरा गरौं न भनेर छलफल गर्न थाले । त्यहाँ कुर्दाकुर्दै साँझ ४ बज्यो । तर प्रधानमन्त्रीलाई भेट्ने पालो उनीहरुले पाएनन् ।

त्यतिबेला प्रधानमन्त्री कार्की कार्यकक्षबाट बाहिरिसकेको सूचना पाएपछि उनीहरु आक्रोशित भए । प्रधानमन्त्रीलाई भेट्न बोलाउने तर नभेटाउने भन्दै उनीहरु प्रेस संयोजक राम रावलमाथि खनिन थाले ।

जेनजी पुस्ताको आन्दोलनको बलमा बनेको प्रधानमन्त्रीले जेनजीलाई नै ‘भेट्न नचाहेको’ भन्दै आक्रोशित केही युवाले त्यहीँ राजीनामा माग्न थाले ।

त्यहाँको भिडियो क्लिपमा देखिएका एक युवकले आक्रोशित हुँदै भनेका छन्, ‘जेनजीको माग र मर्म कदर गर्न नसक्ने प्रधानमन्त्रीले के काम गर्छ रु यो प्रधानमन्त्रीको अब राजीनामा चाहियो ।’

अर्का एक युवकले थपे, ‘हाम्रो खुनमा, शहीदको, घाइतेको रगतमा सरकार बन्ने, हामीलाई भेट्न नदिने कस्तोखाले सरकार हो यो रु’

तनावको स्थिति सिर्जना भएपछि प्रेस संयोजक रावलले सम्झाउने कोसिस गरे । तर पनि उनीहरुको आक्रोश थामिएन । स्थिति अप्रिय नबनोस् भनेर प्रहरी टोली नै बोलाउनु पर्‍यो ।

जेनजीका अलग(अलग समूहका प्रतिनिधिहरु प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले दिलाएको नियुक्तिको विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न भन्दै सुदन गुरुङ समूहका युवाहरु पुगेका थिए । मिराज ढुंगाना र कर्णाली जेनजी समूहको नेतृत्व गर्दै सुप्रिया राज्यलक्ष्मी शाही पनि त्यहाँ पुगेकी थिइन् ।

रविकिरण हमाल समूहबाट विजय शाह, टेकेन्द्र जोशी, अजय सोडारी लगायतका युवा पनि प्रधानमन्त्री कार्यालय पुगेका थिए । रविकिरणलाई भने सिंहदरबारको मुख्य गेटमै रोकिएको थियो ।

 

प्रकाशित : 25 November, 2025

प्रतिक्रिया दिनुहोस्