नेपाली कम्युनिस्ट पार्टीमा मुस्कान खातुन प्रवेश

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेका हुन् ।

त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूले स्वागत गरेका थिए ।

साथै, उनलाई पार्टीले केन्द्रीय समिति सदस्य पनि बनाउने निर्णय गरेको छ । सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराए ।

वीरगञ्ज निवासी मुस्कान ०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि निको भएर सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आई.डब्ल्यू.ओ.सी.) सम्मान प्रदान गरेको थियो ।

 

 

 

प्रकाशित : 27 November, 2025

प्रतिक्रिया दिनुहोस्