मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन

सहयात्रा टिभी

काठमाडौं । मंसिर १५, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।

उनी हिजो (आइतबार) बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।

शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।

 

 

प्रकाशित : 1 December, 2025

प्रतिक्रिया दिनुहोस्