नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त पुल निर्माण शुरू

सहयात्रा टिभी

काठमाडौं । मंसिर १६, देशको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढको नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माण शुरू भएको छ ।

चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट जोड्ने अहिलेको पुलसँगै नयाँ पुल निर्माण सुरु गरिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनीयर नारायणप्रसाद लामिछानेका अनुसार निर्माणाधीन पुलको काम निरन्तर अघि बढिरहेको छ ।

पुलको निर्माण डिजाइन एण्ड बिल्ड प्रणालीअन्तर्गत भइरहेको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनादेखि फिल्डमा काम शुरू गरिसकेको छ ।

२०८० साल जेठ १९ गते ठेक्का सम्झौतापछि निर्माण कम्पनीले पुलको अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण गराइसकेको प्रमुख लामिछानेले बताउनुभयो ।

अहिले नदीमा डाइभर्सन निर्माण गरी पुलको फाउन्डेसन निर्माण गर्नुपर्ने ठाउँहरुमा आवश्यक ठाउँ तयार गर्ने काम भइरहेको छ ।

प्रकाशित : 2 December, 2025

प्रतिक्रिया दिनुहोस्