२०८२ साल मंसिर १७ गते बुधबारको राशिफल
सहयात्रा टिभी
काठमाडौं । मंसिर १७, आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर ३ तारिख । त्रयोदशी उपरान्त चतुदर्शी तिथि । विश्व अपाङ्ग दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । तर्क गर्दा घाटा हुने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको श्रमबाट फाइदा हुनेछ । परिवारमा विश्वास घात हुने जोखिम रहेको छ । प्रेम सम्बन्धमा खटपटी हुनेछ ।
वृष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । विपक्षी शान्त भएकाले काममा अवरोध नहुने दिन छ । तर रोग बढ्ने जोखिम छ । बौद्धिक क्षेत्रका अभियान्तासँगको भेटले मन खुशी हुनेछ ।
मिथुन : अनुत्पादक क्षेत्रमा धन खर्च हुनेछ । साथीलाई गोप्य कुरा सुनाएमा तपाईंमाथि आक्रमण हुनेछ । धार्मिक कार्यक्रममा सहभागी भएमा मन शान्त हुनेछ । गुरुसँगको साक्षात्कारले फाइदा हुने योग छ ।
कर्कट : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । गोपनीयता भंग हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
सिंह : दिन सामान्य छ । आफ्नै बोलीका कारण अप्ठेरोमा पर्ने दिन छ । दाजुभाइको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । परिवारको सल्लाह लिएर गरेको कामबाट नाम र दाम दुवै मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
कन्या : दिन राम्रो छ । आफ्नै राशिमा चन्द्रमाले भ्रमण गर्दैछन् । वैदेशिक रमझमले मन आकर्षित गर्नेछ । कुनै कामको सुरुवात गरेको भए सफलता मिल्नेछ । स्वास्थ्यको पर्खाइमा भए लाभ मिल्नेछ । शिक्षाको क्षेत्रमा लगानी भएमा फाइदा हुनेछ ।
तुला : अनुत्पादक क्षेत्रको लगानीले मन दुःखी हुनसक्छ । परिवारले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ ।
वृश्चिक : धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्ने दिन छ । साथीभाइले साथ दिएको मौकामा आफ्नो काम गरेमा फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।
धनु : सानो कुराले मन अशान्त बन्नेछ । एकल लगानीमा अगाडि बढ्नु भन्दा संयुक्त लगानीबाट फाइदा हुने देखिन्छ । कर्म गर्दा स्वास्थ्यले साथ दिनेछ । परिवारमा रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मकर : सञ्चित धन खर्च हुने जोखिम छ । साथीभाइको साथले सोचेको काम बन्नेछ । शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने भएकाले परीक्षाको तयारीमा भए सचेत बन्नुपर्नेछ । साथीलाई विश्वास गरेमा व्यापारमा फाइदा हुने दिन छ ।
कुम्भ : शुभग्रहको बल बहुमतमा छ । मन शान्त बनाउन र व्यवहार सहज बनाउन बिहानै शिवको भजन सुन्दा राम्रो हुनेछ । अरुको चिन्ता लिनु भन्दा आफू थोरै बोलेर अगाडि बढ्नु राम्रो हुने दिन छ ।
मीन : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बौद्धिक क्षेत्रमा गरेको श्रमले नाम र दाम दुवै प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।


