उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु

सहयात्रा टिभी

काठमाडौं । मंसिर १७, उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु हुँदैछ । काठमाडौंको राष्ट्रिय सभा गृहमा केहीबेरमै सभा सुरु हुनेछ ।

ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ ।

पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको छ ।

पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेकाहरूको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभास्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ ।

सभामा सहभागी हुन मन्त्री घिसिङ भर्खरै पुगेका छन् ।

 

प्रकाशित : 3 December, 2025

प्रतिक्रिया दिनुहोस्