कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिन बन्द हुने

सहयात्रा टिभी

काठमाडौं । मंसिर १८, सडक विस्तार तथा स्तरोन्नतिको कामलाई तीव्रता दिनका लागि कान्ति राजमार्ग दुई महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । सडकको भित्ता काट्ने र चौडा बनाउने काम गर्नुपर्ने भएकाले आउँदो मंसिर २० गतेदेखि ६० दिनसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको हो ।

कान्ति राजमार्ग सडक योजना ललितपुरका अनुसार निर्माण कार्यलाई सहज र सुरक्षित बनाउन दैनिक ६ घण्टा सडक बन्द गरिनेछ । योजनाका सूचना अधिकारी तथा इन्जिनियर उपेन्द्र महरानले दिएको जानकारी अनुसार हरेक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी साधन चल्न पाउने छैनन् । यो समयमा सडक स्तरोन्नतिका लागि पहाडको भित्ता काट्ने जटिल काम हुनेछ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि एक सूचना जारी गर्दै तोकिएको समयमा राजमार्ग बन्द रहने कुरा सर्वसाधारणलाई जानकारी गराएको छ । प्रशासनले निर्माण अवधिभर यात्रु तथा सवारी चालकहरूलाई पर्न सक्ने असुविधाप्रति सचेत गराउँदै कान्ति राजमार्ग बन्द हुने समयमा अन्य वैकल्पिक मार्गहरूको प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित : 4 December, 2025

प्रतिक्रिया दिनुहोस्