निर्वाचनबारे सरकार र दलहरूलाई एकसाथ ब्रिफिङ गर्दै आयोग

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ ।

शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सरकार, राजनीतिक दलका प्रतिनिधि, जेनजी प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचन आयोगका आयुक्तहरू सहभागी हुँदैछन् ।

उक्त बैठकमा चुनावको तयारीबारे बृफिङ गरिने आयोगले जनाएको छ । आयोगबाट सहभागी हुने आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधिसभाको निर्वाचन, चुनावको तयारी, कानुनी जटिलता, स्रोतसाधनको उपलब्धता, सुरक्षा चुनौती र आर्थिक अवस्थाबारे बृफिङ गर्न लागेका हुन् ।

निर्वाचन हुने सुनिश्चितताका लागि जस्तो वातावरण बन्नुपर्ने हो त्यस्तै वातावरण बनाउन पूर्व तयारी चुस्त हुनुपर्ने र त्यसका लागि सरकार र राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने आयोगका अधिकारीहरू बताउँछन् ।

 

प्रकाशित : 5 December, 2025

प्रतिक्रिया दिनुहोस्