बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ट्रकका चालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो । उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेको समयमा गए राति उक्त ट्रक दुर्घटनामा परेको हो ।

 

 

प्रकाशित : 5 December, 2025

प्रतिक्रिया दिनुहोस्