ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए अवधारणापत्र

सहयात्रा टिभी

काठमाडौं । मंसिर २२ , नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।

सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन् ।

आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे ।

पोखरेलले तयार पारेको उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको जानकारी प्राप्त भएको छ ।

 

प्रकाशित : 8 December, 2025

प्रतिक्रिया दिनुहोस्