प्रधानमन्त्री र गृहमन्त्रीसँग सिंहदरबारमा दुर्गा प्रसाईंको वार्ता शुरु
सहयात्रा टिभी
काठमाडौं । मंसिर २२ , अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता शुरु भएको छ ।

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्कीसँग विस्तृत छलफल चलिरहेको हो ।
वार्तामा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन् । स्रोतका अनुसार, प्रसाईंको तर्फबाट १९ जना वार्तामा सहभागी छन् ।
भेटघाटले राजनीतिक तनावपूर्ण वातावरणमा नयाँ मोड ल्याउने बताइएको छ ।
प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो ।
यो भेटमा प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको तत्कालीन प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको छलफलमा वर्तमान शान्ति–सुरक्षा अवस्था, राष्ट्रियता तथा धार्मिक स्वतन्त्रताका मुद्दाहरूमा विशेष जोड दिइएको उक्त समूहका नेताहरूले बताएका छन् ।


