जाँचबुझ आयोगले बोलाउँदा ओलीले बयान दिन जानुपर्ने : ईश्वर पोखरेल
सहयात्रा टिभी
काठमाडौं । मंसिर २४ , नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओली बयान दिन जानुपर्ने बताएका छन् ।

बुधबार सम्पादकहरूसँगको अन्तरसंवादमा बोल्ने क्रममा उनले आफू ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा अघि नै गएर बयान दिने पनि उल्लेख गरे ।
सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न भने जानुपर्ने उनको भनाइ थियो ।
‘सरकारले बनाएको आयोग, हाम्रा कतिपय कुरामा रिजर्भेसेन केही होलान् । तर आयोगले बोलाएको कुरा स्वभाविक हो । म चाहीँ भए अझै अगाडि गएर बयान दिन्थेँ । त्यसप्रति अवज्ञा गर्ने कुराले राम्रो गर्दैन ।’ पोखरेलले भने ।
पार्टीको एघारौं महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित अन्तरसंवादका क्रममा उनले ओलीले आयोगले भनेको कुरा नमान्नुले राम्रो नगर्ने बताए ।


