एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

सहयात्रा टिभी

काठमाडौं । पुस ३, नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

प्रकाशित : 18 December, 2025

प्रतिक्रिया दिनुहोस्