मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
सहयात्रा टिभी
काठमाडौं । पुस ४, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नियुक्त भएको १५ दिनपछि आज प्रदेश सभा समक्ष विश्वासको मत लिन लागेका छन् ।

प्रदेश सभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाले दिएको जानकारी अनुसार, आज दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यसूची तय भएको छ ।
गत मंसिर १९ गते मुख्यमन्त्री पदमा नियुक्त भएका यादवले संवैधानिक प्रावधानलाई पछ्याउँदै आज सदनमा आफ्नो बहुमत सिद्ध गर्न लागेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ, जसअनुसार उनले समयसीमा नसकिँदै आज विश्वासको मत लिन लागेका हुन् ।


