सोमबार सर्वपक्षीय सरकार माग्दै माइतीघरमा प्रदर्शन
सहयात्रा टिभी
काठमाडौं । पुस ७, सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ ।

उनीहरूले प्रदर्शनको क्रममा सर्वपक्षीय सरकार गठनको माग राखेका थिए । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले केहीबेर नियन्त्रणमा पनि लिएको थियो ।
यसअघि ढुंगानासहितका युवाहरूले माइतीघर क्षेत्रमा प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेका थिए ।
तर प्रशासनले प्रदर्शनको अनुमति दिएको थिएन । अनुमति विना प्रदर्शन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रदर्शनमा सहभागी आक्रोशित समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा पनि मागेको थियो ।
उक्त समूह अहिले पनि प्रदर्शन जारी राखेको छ । प्रदर्शनकारी अहिले माइतीघरमा भेला भएका छन् ।


