रक्षा बमको नेतृत्वमा जेनजी अगुवासँग बालेनको छलफल

सहयात्रा टिभी

काठमाडौं । पुस १०, जेनजी अगुवा रक्षा बमको नेतृत्वमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलनका अगुवाहरूसँग छलफल गरेका छन् ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा केहीबेरअघिमात्रै बालेनले कुराकानी गरेका हुन् ।मेयर शाहले निरन्तर राजनीतिक संवाद चलाएका छन् ।

आजै मात्र उनले रास्वपा सभापति रवि लामिछानेदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन् ।बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका छन् ।

प्रकाशित : 25 December, 2025

प्रतिक्रिया दिनुहोस्