उदयपुरमा साढे ७ क्विन्टल गाँजासहित दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । पुस १२, उदयपुर प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। चौदण्डीगढी नगरपालिका क्षेत्रमा पर्ने मदन भण्डारी लोकमार्गबाट प्रहरीले ७५० किलो गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङका अनुसार को१ज ३४५६ नम्बरको जिप चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो। प्रहरीले अवैध गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा जिप चालक रवीन राई र रामबहादुर राईलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना बेलटार नगरपालिका–६ का स्थानीय बासिन्दा हुन्।

प्रकाशित : 27 December, 2025

प्रतिक्रिया दिनुहोस्