वैकल्पिक शक्तिहरू एक हुनुपर्छ : कुलमान घिसिङ

सहयात्रा टिभी

काठमाडौं । पुस १३, उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जामन्त्री कुलमान घिसिङले देशका सबै वैकल्पिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन्। शनिबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताको चाहना अनुसार नयाँ नेतृत्व दिनका लागि एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएसँगै कुलमानको यो अभिव्यक्ति आएको हो। उनले सकेसम्म पार्टी एकीकरण, नभए कार्यगत एकता गरेर भए पनि अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौंमा रवि र बालेन एक हुँदा कुलमान छुटेको चर्चा चलिरहेका बेला उनले आफ्नो पार्टी सम्मान र स्वाभिमान कायम राखेर सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन्।

घिसिङले एकताका लागि गृहकार्य भइरहेको जानकारी दिँदै केही दिनमै नतिजा आउने विश्वास व्यक्त गरेका छन्। उनले नेपाली जनताले वैकल्पिक शक्तिहरू एक भएको देख्न चाहेको भन्दै त्यसलाई मनन गरेर अगाडि बढ्नुपर्ने बताए। बालेनसँग यसअघि सहकार्यको छलफलमा रहेका घिसिङले आफूहरू सबैसँग मिलेर जान तत्पर रहेको सन्देश पोखराबाट दिएका छन्।

प्रकाशित : 28 December, 2025

प्रतिक्रिया दिनुहोस्