निर्वाचन आयोगमा ५ दलले बुझाए समानुपातिकको बन्दसूची

सहयात्रा टिभी

काठमाडौं । पुस १४ , निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या ५ पुगेको छ ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।

दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । आयोगले दिएको सूचना अनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले बन्द सूची बुझाइसकेको छन् ।

नेमकिपा र राष्ट्रिय जनमोर्चाले १ सय १० जनाको सूची बुझाएको छ ।

त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी ९पुष्पलाल० ले २० जना उम्मेदवारको सूची आयोगमा बुझाएको हो ।

 

प्रकाशित : 29 December, 2025

प्रतिक्रिया दिनुहोस्